Connect with us

खेलकुद

पिएसजीले चुम्याे युइएफए सुपर कपको उपाधी

Published

on

 युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । 

पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई पेनाल्टीमा धकेलेको थियो, यो नै उसका लागि जीतका लागि अवसरको ढोका खोल्नु पुग्यो । नयाँ प्रशिक्षक थोमस फ्रान्कको नेतृत्वमा पहिलो प्रतिस्पर्धी खेलमा इटालीको उडिनेमा रहेको स्ट्याडियो फ्रिउलीमा हाफ टाइम अघि नै टोटनहमले २–० को अग्रता लिएको थियो ।

मिकी भान डे भेनले ३९ मिनेटमा गत सिजनको युरोपा लिग विजेतालाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तीन मिनेटमा क्रिस्टियन रोमेरोले दोस्रो गोल गरेर खेललाई २–० को अग्रता दिलाउन सफल भए । 

तर, खेल सकिनु केही मिनेट अघि अर्थात ८५औं मिनेटमा ली काङ इनले गोल फर्काए र इन्जुरी टाइमको ४ मिनेटमा गोन्कालो रामोसले गोल गर्दै खेल बराबरीमा ल्याए । यसको अर्थ पेनाल्टी सुटआउट थियो ।

यद्यपि पेनाल्टीमा विटिन्हाले आफ्नो पहिलो किक वाइड लगाए पछि पीएसजीको लागि यो खराब सुरुवात थियो तर पेरिसका नयाँ गोलकिपर लुकास चेभालियरले टोटनह्यमका भान डे भेनको बललाई गोल हुनबाट बचाएका थिए र म्याथिस टेलले गोल गर्न सकेनन् । 

त्यसपछि पिएसजेका नुनो मेन्डेसले विजयी गोली गर्न सफल भए । टोटनहमका लागि डोमिनिक सोलान्के, रोड्रिगो बेन्टानकुर र पेड्रो पोरोले गोल गरे पनि व्यर्थ रहन पुग्यो तर  रामोस, ओस्मान डेम्बेले र लीले पीएसजीका लागि मेन्डेसले निर्णायक गोल गरेर उपाधी हात पार्न सफल भए ।

‘मलाई गर्व छ, हामीले धेरै तयारी गरेका थियौं तर तपाईले देख्न सक्नुहुन्छ कि फुटबल शारीरिक पक्ष मात्र होइन, यो मानसिक पक्ष पनि हो, सही ठाउँमा हुनु र सही रणनीति पनि हुन जरूरी छ,’ पिएसजी कप्तान मार्किनहोसले प्रसारक क्यानल प्लसलाई भने, ‘उनीहरू २–० अगाडी गएका थिए, हामी धेरै पछाडि बस्न परेको थियो तर पिएसजीलाई तपाईलाई यसरी आउन आमन्त्रित गर्नु खतरनाक थियो ।’

ठीक एक महिनाअघि चेल्सीसँग फिफा क्लब विश्वकपको फाइनलमा हारेको लुइस एनरिकेको टोली पिएसजेको लागि यो नयाँ अभियानको लागि उत्तम सुरुवात हो ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.