Connect with us

समाज

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

Published

on

आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जातो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जातो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

उक्त जातो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जातोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष नन्द किसोर दाहालका अनुसार “गाउँघरमा कहिल्यै छुट्न नहुने जातो अहिले इतिहास बन्दै थियो। यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुबैलाई सघाउने उद्देश्य रहेको छ।”

जातोबाट नामाकरण भएको जाते क्षेत्रमा रहेको यो जातो ग्रामिण संस्कृति र पहिचानको प्रतीक बनेको छ। अब यो स्थल न केवल सांस्कृतिक धरोहरको नमुना हो, तर आन्तरिक पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विकास भइरहेको छ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.