Connect with us

समसामयिक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु

Published

on

रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ।

नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो।

रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे।

पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको प्रदर्शनी उद्घाटन समारोहको विशेष अतिथिमा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे रहेका थिए। कार्यक्रममा रोल्पाबाट आएर काठमाडौंमा बसोबार गरिरहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु तथा कलाकार, पत्रकार, पर्यटनकर्मी, साहित्यकारलगायतको उपस्थित रहेको थियो।

प्रदर्शनीमा फोटोपत्रकार पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, पर्यटन र इतिहास झल्काउने ३० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ।

साहित्यकार सुमन थापा ‘संगम’ले सञ्चालन गरेको उद्घाटन समारोहमा स्वागत मन्तव्यमार्फत वरिष्ठ पर्यटनपत्रकार अमृत भादगाउँलेले फोटो प्रदर्शनीबारे जानकारी दिएका थिए। त्यसपछि सम्बोधन गरेका टानका अध्यक्ष पाण्डे प्रदर्शनी सफलताको शुभकामना दिए।

प्रमुख अतिथि पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धको केन्द्रको रुपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महोत्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो संकलनहरु यहाँ प्रदर्शनीमा आएका छन्। मलाई खुसी लागेको छ।’

पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै फोटोपत्रकार बल्कुरामले संघीय राजधानी काठमाडौंमा आफूले खिचेका तस्बिरहरु देखाएर रोल्पाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै एकपटक रोल्पामा घुम्न निम्तोसमेत दिए।

प्रदर्शनी आगामी बुधबारसम्म जारी रहनेछ। प्रदर्शनी अवधिभर विभिन्न व्यक्तिहरुको उपस्थितिमा रोल्पाको पर्यटन विकासबारे चर्चा हुने आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालले जानकारी दिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.