Connect with us

अर्थ

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

Published

on

डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन्।

पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बरालबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीको टोलीले मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार डलर साट्ने बहानामा बराललाई मिजारले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए।

त्यहाँ पुगेपछि मिजारले रुमालले बेरेको पैसा आकारको बिटो देखाएर पाँच लाख रुपैयाँ लिए। मिजार हिँडेपछि रुमाल फुकाल्दा बरालले पैसाको आकारमा काटिएको कागजको बिटो मात्रै भेटे।

त्यसपछि बराल प्रहरीमा गुनासो गर्दै पुगेका थिए। मिजारलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.