Connect with us

समसामयिक

बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदा श्रेष्ठले पढेकी थिइन् कानुन

Published

on

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ । 

उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ।

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ वैशाखमा सर्वोच्च प्रवेश गरेकी श्रेष्ठ २०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन्। राजा महेन्द्रका पालामा आफ्नो बुवालाई अराष्ट्रिय तत्व भनेर जेल हालेपछि अदालतबाट छुटाउनकै निम्ति शारदाले कानुन विषय पढेकी थिइन् ।

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी ४३ जना महिला न्यायाधीश छन्। यो कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशत मात्रै हो।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.