Connect with us

राजनीति

कांग्रेसको केन्द्रिय समिति बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको आकस्मिक केन्द्रिय कार्य समितिको बैठक बस्दैछ । अहिले बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । तर, यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो ।

पुर्व मन्त्री ढुण्डीराज शाष्त्रीको निधन भए पछि आकस्मिक रूपमा सो केन्द्रिय समिति बैठक बोलाइएको बुझिएको छ। बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

शास्त्रीको पार्थिव शरीरलाई भोलि बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिनेछ भने शास्त्री २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.