Connect with us

राजनीति

प्रतिनिधिसभा बैठकलाई प्रतिपक्ष दलले अवरुद्ध गरेपछि स्थगित, भोलि २ बजेलाई डाकियो

Published

on

१७ पटकसम्म स्थगित भएको प्रतिनिधिसभाको बैठक १८ औं पटक सुरू भए लगत्तै अन्त्य भएको छ । भर्खरै सुरु भएको प्रतिनिधिसभाको बैठक पाँच मिनेट पनिm चल्न नसकी अन्त्य भएको हो ।

राष्ट्रगान बजाएर बैठक सरु भए लगत्तै विपक्षीहरुले अवरोध गरेका थिए । यसपछि सभामुखले भोलि २ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना जारी गरेर आजको बैठक अन्त्य गरेका हुन् ।भिजिट भिसा प्रकरणमा विपक्षी दलले माग्दै आएका गृहमन्त्री रमेश लेखकको राजीनाबाट पछि हटेपनि छानबिन समितिमा अडान राखिरहेका छन् ।
तर, सत्ता पक्ष त्यसमा पनि सहमत नभएपछि उनीहरुले बैठक अवरुद्ध गरेका थिए । बैठक अघि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास भएको थियो। भलै, सहमति जुटेन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.