Connect with us

समसामयिक

प्रहरीले यसरी गर्यो कुकुर पूजा (फोटो फिचर)

Published

on

यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् । उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधापारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ लाई पुरस्कार प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गुरूङले नेपाल प्रहरीको केनाईन सेवाको शुरूवात, विकास तथा विस्तारमा योगदान पुर्‍याउनुहुने अवकास प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवा र अवकास प्राप्त प्रहरी नायव उपरीक्षक स्व. दण्डपाणी भट्टराईको सुपुत्र अमित भट्टराईलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

कार्यक्रमा अवकास प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवाले सेवामा रहँदा भएगरेका अनुभव व्यक्त गर्नुहुँदै अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समयानुकुल तालिम दिन सकेमा थप प्रभावकारी हुने बताए ।

प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.