Connect with us

अर्थ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Published

on

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ । 

वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.