Connect with us

समसामयिक

मंसिर २१ देखि २७ सम्म मतदाता नामावली सच्याउन सकिने

Published

on

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आज अपरान्ह एक प्रेस विज्ञप्तिमार्फत मतदान गर्न योग्य उमेर (१८ वर्ष) पुग्ने मितिसमेत निर्धारण गरेको छ । आगामी फागुन २० सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले फागुन २० सम्म १८ वर्ष पुग्नेहरूको विवरण मंसिर २० गते प्रकाशन गर्नेछ ।

आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । आयोगका अनुसार, यस अवधिमा झुटो विवरण दिई नाम समावेश गरेको विरोधमा उजुरी दिन सकिनेछ । यस्तै, एकभन्दा बढी स्थानमा नाम भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने छ । यस्तै, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरूको नाम हटाउन सकिनेछ ।

यसका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिकरूपमा उपस्थित भएर तथा आयोगको अनलाइन प्रणालीमार्फत पनि निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.