Connect with us

खेलकुद

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज २-१ ले जित्यो

Published

on

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । 

नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग- २ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० ४ मध्ये २ खेल जितेको थियो । 

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग- २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.