Connect with us

मनोरञ्जन

फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक

Published

on

आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई चित्रित गरिएको छ । 

दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । निर्देशक गौचन स्वयंको लेखन रहेको फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन हुन् । नकिम नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक समेत हुन् ।

ट्राइ सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा नाजिर, सृष्टि र सञ्जयसहित रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिकामा छन् । फिल्ममा अमर महर्जनको डिओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.