Connect with us

अन्तर्राष्ट्रिय

दुइ महिना पछि पनि छावाले टक्कर दिदैँछ सलमानको सिकिन्दरलाई

Published

on

सन्नी देओलको जाटको आगमनसँगै छावाको कलेक्शन नराम्ररी घटने भन्दै यो फिल्मले बक्स अफिसलाई अलविदा गर्ने अनुमान पनि गरिएको थियो । तर, त्यसो हुन सकेको छैन र छावाले अहिले पनि दैनिक लाखमा दोहोरो अंक कमाइरहेको छन् । शुक्रबार जाट र सिकन्दरको सङ्कलन घटदा पनि छावाले भने आफ्नो पकड बलियो राखिरहेको छ ।


सैकनिल्कको रिपोर्ट अनुसार छावाले रिलिजको ५७ औं दिनमा हिन्दी भाषामा बक्स अफिसमा एकै दिन करिब २३ लाख रुपैयाँ कमाएको छ भने उता सलमान खानको सिकन्दरको १३ औँ दिनमा नै करिब ३० लाख रुपैयाँ कमाई भएको छ । घरेलु बक्स अफिसमा छावाको कलेक्सन करिब ६०४ करोड रुपैयाँ पुगिसकेको छ ।


छावाले अहिलेसम्म कैयौं ठूला कीर्तिमान बनाएका छन् । यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म हो भने अर्कोतर्फ यो बक्स अफिसमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी सिनेमाको सातौं फिल्म बनेको छ । यस बाहेक लाइफटाइम कलेक्शनको मामिलामा छावाले सन्नी देओलको गदरः२, सलमान खानको सुल्तान, श्रद्धा कपूरको स्त्रीः२ लगायत धेरै ठूला फिल्महरूलाई पछाडी पारिसकेको छ ।

तर, यसपछि पनि विक्की कौशलको फिल्म छावाले सन्तुष्ट हुन सकेको छैन किनभने अहिले यो फिल्म अर्को ठूलो कीर्तिमानतर्फ अघि बढिरहेको छ ।  यो फिल्मले ५७ दिनमा हिन्दीमा ५८४ करोड रुपैयाँ कमाएको छ । हिन्दी भाषामा ६०० करोडको क्लबमा सामेल हुन छावाले अब १६ करोड मात्र कमाउन बाँकी रहेको छ । तर, विश्वभर छावाको कमाई ८०० करोड पुगेको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.