Connect with us

अन्तर्राष्ट्रिय

भारतको हरियाणामा काँग्रेसको शुरुवाती अग्रता, बिजेपी पछाडी

Published

on

भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल काँग्रेसले शुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडी देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य ४ सिटमा अगाडी रहेका छन् ।

यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

त्यस्तै जम्मु कश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडी रहेका छन् ।

९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो ।
    

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.