नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक आईजीपी दीपक थापाले प्रहरी संगठनभित्र सुधारका पहल गर्ने अठोट गरेका छन् । गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै थापाले प्रहरीमा सुधारको आवश्यकता र त्यसका लागि सक्दो पहल गर्ने अठोट गरेका हुन् ।
‘प्रहरी समाजको आवश्यकता र उपज हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, असल र खराब अनेक पात्र र प्रवितिको प्रनिनिधित्वबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने कुरा छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन । सुधारको पहल गर्नेछु’, थापाले भनेका छन् ।
सुधारको प्रारम्भ कोही व्यक्तिबाट नभइ आफैंबाट हुने पनि उनले बताए । ‘सधुारको प्रारम्भ कोही र कसैबाट होइन, मभित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प छैन । यसतर्फ गतिशील रहन म मेरा सहकर्मी लगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहान्छु । यसमा समन्वयतान्म भूमिकाका म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गदर्छु’, उनले थपेका छन्।
कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि थापाले बताए । वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दुस्ख भोग्न नपरोस् भन्ने तर्फ आफू हरदम सजग रहने उनले बताएका छन् । पहुँचको हैन पद्धतिको थितति बसाल्न हरहमेशा प्रयत्नशील रहने उनको भनाइ छ ।
प्रहरीको सर्वोच्च पदमा पुग्नुले गम्भीर जिम्मेवारी बोधको भएको थापा बताएका छन् । कुनै पूर्वाग्रहको भावना नगरी निश्पक्षाता कायम गरी काम गर्ने प्रतिबद्धता पनि उनले गरेका छन् । ‘प्रहरीको हित, उन्ति, श्रीवृद्धिका लागि दृढताका साथ समर्पण रहेन प्रतिबद्धता व्यक्त गर्दछु’, थापाले भने ।