Connect with us

समसामयिक

काठमाडौँमा होलीको दिन २४ जनासहित १४३ सवारी साधन नियन्त्रणमा

Published

on

 काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाएका, स्वरुप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका सवारी साधन चारपांग्रे ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १४३ वटा रहेका छन् । ती सवारी साधन प्रक्रिया पूरा गरेर बेलुकासम्म सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइने बताइएको छ । त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका २४ जनालाई पनि आजै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.