Connect with us

समसामयिक

पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित

Published

on

जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७.१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाएका थिए भने विपिन रावलले २३ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्बाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो । आर्मीका लागि ट्रीत राज दासले सर्बाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाएका थिए ।  त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।

यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.