Connect with us

राजनीति

सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

Published

on

अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो । 

आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छयौट भएको जानकारी गराएका थिए ।  फर्छयौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको जनाइएको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.