Connect with us

राजनीति

गणतन्त्रवादीले १२०६ मत ल्याउँदा राजावादी ७३ मा सीमित

Published

on

अस्कल क्याम्पसमा राजतन्त्र पक्षधरले जम्मा ७३ मत प्राप्त गरेको छ ।

अस्कल क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणाम अनुसार राजतन्त्र पक्षधर मानिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले जम्मा ७३ मत प्राप्त गरेको हो ।

गणतन्त्रबादी विद्यार्थी संगठनले १२०६ मत प्राप्त गर्दा राजावादी भने ७३ मतमा सिमित भएको विद्यार्थी नेताले जनाएका छन् । जसअनुसार एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी ६७२, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले २७४ र नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संगठनले २६० मत प्राप्त गरेको छ ।

यहाँ एमाले निकट अखिलले बिजय हासिल गरेको थियाे । अस्कल क्याम्पसमा अध्यक्षमा रुद्रहरी पोखरेल तथा सचिव गोपाल शाही सहित अखिलको पुरै प्यानल दोब्बर मतले बिजयी भएका छन्  ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.