Connect with us

राजनीति

जेनजी आन्दोलन दमनमा सुरक्षा निकायलाई कारबाही सिफारिस गर्न अध्ययन समिति गठन

Published

on

जेनजी आन्दोलनमा दोषी देखाइएका सुरक्षाकर्मीलाई कारबाही गर्ने वा नगर्ने भन्नेबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ।

आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। समितिका सदस्यमा सशस्त्र प्रहरी बलका पूर्वएआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईलाई तोकिएको छ।

जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकेबेर खापङुलगायतलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिश गरेको थियो।

त्यही प्रतिवेदनका आधारमा सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो। ओली र लेखकलाई सर्वोच्च अदालतको आदेशपछि छोडिएको छ। तर, सरकारले सुरक्षाकर्मीका हकमा अध्ययन गरेरमात्रै एकीन गर्ने निर्णय गरेको थियो। त्यसैका लागि आज बसेको मन्त्रिपरिषद्ले समिति गठन गरेको हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.