Connect with us

राजनीति

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको राससलाई जानकारी दिएका छन् ।
बैठक दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक स्नेहीले बताए । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकाङ्क्षी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.