Connect with us

राजनीति

‘संक्रमणकालीन न्याय’ टुंग्याउन सिफारिस समिति गठन गर्न तीन दलका नेताबीच सहमति

Published

on

तीन दलको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउन सर्च कमिटी गठन गरिने भएको छ।

सिंहदबारमा बसेको तीन दलका शिर्ष नेताको बैठकमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र सो छलफलले सर्च कमिटी गठन गर्न सहमति भएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले जानकारी दिए ।

‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्ने भएको छ,’ बैठक पछि उनले भने ।

यसैगरी, बैठकमा सहभागी गृह मन्त्री रमेश लेखकले बैठक पछि भने, ‘आज संक्रमणकालीन न्यायको बिषय अगाडी बढाऊन दुबै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता बिच सहमती भएको छ। अब सरकारले चाडै सिफारिश समिति गठन गर्नेछ।’

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बसेकाे हाे ।  संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको थियो ।

बैठकमा नेकपा एमालेका तर्फवाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसवाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.