Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा जवाफ दिँदै

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा जवाफ दिने भएका छन् । जसका लागि बिहान ११ बजेका लागि संसद्‌को बैठक बोलाइएको छ ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई जवाफ दिने कार्यक्रम निर्धारण गरिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ मागी लगातार संसद्‌मा अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमबारे पनि सम्बोधन गर्ने मुख्य सचेतक बर्तौलाले बताए ।

आजको बैठकमै महत्त्वपूर्ण ५ वटा प्रतिस्थापन विधयेक छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.