Connect with us

समसामयिक

रोल्पा जिप दुर्घटनामा मृतक संख्या २० पुग्यो, एक जना घाइते

Published

on

रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।

उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्। उनको बायाँ खुट्टा, निधार, बायाँ आँखामा चोट छ । तर, अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।

बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ। दुर्घटनामा परेको लु १ ज ४१६७ नम्बरको जिप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए।

जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका–१ सल्यापबाट जिप झन्डै ८०० सय मिटरमुनि खसेको थियो। घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेकोले उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.