Connect with us

समसामयिक

साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार

Published

on

यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। 

शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले जनही नगद एक लाख, सम्मान पत्र र दोसल्लासहित पुरस्कार प्रदान गरेका हुन्। 

साहित्यकारद्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा बाजुराम पौडेलको चयन समितिको सिफारिस अनुसार स्रष्टाहरूलाई पुरस्कार प्रदन गरिएको हो। 

पुरस्कार वितरणपछि नगर प्रमुख रिसालले साहित्यको विकास र विस्तारलाई नगरको अन्य क्षेत्रको विकास सरह अघि बढाएको दाबी गर्दै अघिल्लो वर्षबाट साहित्यको क्षेत्रमा योगदान गर्ने सष्ट्राहरूलाई निष्पक्ष रुपमा नगदसहित पुरस्कार गर्ने संस्कारको विकास गरिएको बताए। 

उनले भने, ‘सष्ट्राहरूको सृजनालाई जर्गेना गर्ने काम रोकिँदैन। नगरभित्रका कुनै पनि सष्ट्रा अभावले अघि बढ्न नसक्ने अवस्थाको अन्त्यका लागि हामी सजक र सचेत छौं।’

सोही अवसरमा नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पणसमेत गरिएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, जनप्रतिनिधि, साहित्यकारलगायतको उपस्थिति रहेको थियो। 

गत वर्ष प्राध्यापक डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई ‘गोकर्णेश्वर नगर साहित्य पुरस्कार–२०८०’ले सम्मान गरिएको थियो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.