Connect with us

समसामयिक

फतुवा विजयपुरको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर निर्माण हुँदै

Published

on

रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका स्थित  स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको भवन निर्माण सुरु भएको छ।

फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले एक समारोह बीच भवनको शिलान्यास गरेसँगै ८ कोठे १ तले भवनको निर्माणकार्य सुरु भएको हो।

मेयर खातुनले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै  जनताको घर आँगनमै स्वास्थ उपचार सेवा पुर्याउने उद्देश्यले बिजयपुरमा थप नयाँ स्वास्थ्य चौकी भवन तथा बर्थिङ सेन्टर भवन निर्माण गर्न लागेको बताएकी थिइन्।

नगरपालिकाको एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्यका साथ भवन निर्माण कार्यलाई निरन्तरता दिइरहेको मेयर खातुनले जानकारी गराएकी थिइन्।  पुरानो तथा जीर्ण स्वास्थ्य चौकी भवनको स्तरोन्नति गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको वडामा स्वास्थ्य चौकी निर्माण गर्ने कार्यलाई विगतदेखि नै प्राथमिकता दिदैं आएको मेयर खातुनको भनाई छ।

नगर स्तरीय कुल २६लाखको लागतमा ८ कोठे भवनको निर्माण कार्य भईरहेको फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले न्युज कारखाना लाई बताएका छन्।

स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्यीय हल, ८ वटा कोठा सहित आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार उपभोक्ता समिति मार्फत निर्माण भईरहेको अधिकृत यादवले जानकारी दिएका छन्।

स्वास्थचौकी तथा बर्थिङ सेन्टरको नयाँ भवन निर्माण पछी बिरामीको उपचार तथा स्थानिय सैयौं महिलालाई सुत्केरी गराउन सहज हुने बाहिर जानुपर्ने बाध्यताको अन्त हुने नगरपालिकाले बिश्वास लिएको नेता महमद सेराजले बताएका छन्।

फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर नेपाली कांग्रेसका गोपाल प्रसाद यादव डेढबर्ष अघी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर बिशेष अदालत द्धारा दण्डित भई पदच्यूत भएदेखि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.