Connect with us

समसामयिक

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

Published

on

गत मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ । 

 गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा समितिका अध्यक्ष गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको जानकारी गराएका हुन ।

मंसिर महिनाभरि र माघ महिनाको खिचडीमा लागेको मेलामा जग्गा भाडा, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवा व्यवस्थापन, मुण्डन, पार्किङ्ग, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाको आम्दानी भएको सो अवसरमा बताइएको थियो । 

जसमध्ये मन्दिर सजावट र मेला व्यवस्थापनमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जनाएको छ । मेलाको आम्दानी मन्दिरको विकासमा खर्च गरिने समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । 

त्यस्तै मेलामा भक्तजनहरुले सुन तथा चादीका गहनाहरु पनि चढाएको र सो गहना समितिमा राखिएको पनि जनाइएको छ । 
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.