Connect with us

अन्तर्राष्ट्रिय

नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सितामढीमा सम्पन्न

Published

on

नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारत बिहार सीतामढी स्थित सम्पन्न भएको छ। 

रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको हो।

खुला सिमानाका कारण हुनसक्ने चोरी तस्करी, लागुऔषध तथा मदिरा ओसारपसार नियन्त्रण गर्ने सहमती भएको संयुक्त बैठकमा सहभागी रौतहटका सिडियो बिनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। 


त्यसैगरी सीमा क्षेत्रमा अबैध मुद्राको कारोवार नियन्त्रण गर्ने, एक आपसमा सूचना आदान प्रदान गर्ने, तथा सुरक्षा संवेदनशीलताको बिषयमा सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय सहमती भएको जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा मंगलवार जारी सूचनामा उल्लेख गरिएको पाइन्छ।


दुईपक्षीय बैठकमा नेपालको तर्फबाट रौतहटका सिडियो बिनोद कुमार खड्का, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी रौतहटका एसपी सन्तोष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, जिल्ला भन्सार कार्यालय गौरका प्रमुखको सहभागिता रहेको थियो। त्यस्तै सर्लाही,महोत्तरीका सिडियो, नेपाल प्रहरी , सशस्त्र प्रहरी, अनुसन्धानका एसपी, भन्सार अधिकृत संगै भारत सितामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा पुलिस अधिक्षक , एस एसबी कमान्डेन्ट, तथा कस्टम कार्यालयका प्रमुखहरूको सहभागिता रहेको जनाईएको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.