Connect with us

अन्तर्राष्ट्रिय

बेलायतमा अब ‘ट्रान्सजेन्डर महिला’ ‘महिला’ कोटाभन्दा बाहिर

Published

on

अब बेलायतमा ‘ट्रान्सजेन्डर महिला’ लाई ‘महिला” नमानिने भएको छ । बेलायतको सर्वोच्च अदालतले महिला हुनुको कानुनी परिभाषामाथि बुधबार फैसला गरे पछि ‘ट्रान्सजेन्डर’ महिला हुन नसक्ने जनाएको हो ।

अदालतले जन्मने महिला अर्थात् जैविक रूपमा महिलालाई मात्र महिला मानिने बताएको छ । अदालतको यो निर्णयले तेस्रोलिङ्गी अधिकारमा दीर्घकालीन प्रभाव पार्ने जनाइएको छ ।

न्यायलयले समानता ऐन २०१० को व्याख्या गर्दै महिला र लिङ्ग शब्दले जैविक महिला र जैविक लिङ्गलाई जनाउने भनेको छ । पाँच न्यायाधीशको इजलासले सर्वसम्मतिले यस्तो निर्णय गरेको हो । बेन्चमा रहेका न्यायाधीश प्याट्रिक होजले भने कि यो ऐनले ट्रान्सजेन्डरहरूलाई लिङ्गको आधारमा भेदभावबाट अब जोगाउँछ।

खासमा सन २०१८ मा स्कटिश सरकारले सार्वजनिक निकायहरूमा ५० प्रतिशत महिला सहभागिता आवश्यक पर्ने कानुन बनायो। यस कानूनमा ट्रान्सजेन्डर महिला (जससँग लैङ्गिक पहिचान प्रमाणपत्र वा जीआरसी छ) लाई पनि ‘महिला’ मानिएको थियो। तर, फर वुमन स्कटल्याण्ड नामक समूहले यसको विरोध गर्दै यो कानूनले अनुचित रूपमा ‘महिला’ को परिभाषा परिवर्तन गरेको बताएको थियो । र, २०२२ मा स्कटल्याण्डको अदालतमा मुद्दा हारे पछि यो सर्वोच्च अदालत पुगेको हो ।

समानता ऐनमा ‘महिला’ र ‘लिङ्ग’ भन्नाले जन्मजात र प्राकृतिक लिङ्गले महिलालाई जनाउने ५ न्यायाधीशले सर्वसम्मतिले बताएका छन् । अब ट्रान्सजेन्डर महिलाहरू तिनीहरूसँग जीआरसी भए पनि कानुनी रूपमा ‘महिला’ को श्रेणीमा पर्दैन। अदालतले तेस्रोलिङ्गीहरूलाई समावेश गरेमा कानून अव्यावहारिक हुनेसमेत स्पष्ट पारेको छ।

बेलायतमा अब ट्रान्सजेन्डर महिलाहरूलाई अब महिला शौचालय, चेन्जिङ रुम, अस्पताल वार्ड, जेल वा बलात्कार परामर्श केन्द्र जस्ता ठाउँहरूमा प्रवेश गर्न दिइने छैन, उनीहरूलाइ अब बाहिर राखिनेछ । यसअघि तेस्रोलिङ्गीहरूले महिलाको शौचालय वा चेन्जिङ रुम प्रयोग गर्न पाउथे। अब तिनीहरूले यसको प्रयोगको लागि वैध कारण दिनुपर्ने भएको छ। साथै, ट्रान्सजेन्डर व्यक्तिहरूलाई महिला खेलबाट बहिष्कृत गर्न सकिन्छ। यो निर्णयले अमेरिकाजस्ता देशमा ट्रान्सजेन्डर अधिकारको बहसलाई प्रभाव पार्न सक्छ, जहाँ यसलाई उदाहरणको रूपमा प्रयोग गर्न सकिन्छ।

तर, ट्रान्स ब्रोडकास्टर तथा कार्यकर्ता इन्डिया विलोबीले सर्वोच्च अदालतको फैसलापछि आफू दुखी भएको बताइन्। ‘नारीका रूपमा मेरो अधिकार खोसिएको छ,’ उनले भनिन, ‘हामी महिला होइनौं भनेर मलाई र म जस्ता मानिसहरूलाई भन्नु ऐतिहासिक अन्याय हो।’

विलोबीले यो पनि भनिन कि, ‘ एन्टी ट्रान्स मानिसहरू खुसी हुनुले म सुरक्षित छैन भनेर प्रमाणित गर्दछ। यो निर्णय अपमानजनक छ। म सधैं एक महिला हुँ र म सधैं एक महिला हुनेछु।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.