जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गएराति गोली चलेको आरोप स्थानीय जनताले लगाएका छन् ।
जाजरकोटको थाप्लेस्थित सशस्त्र प्रहरीले भोज आयोजना गरेकोमा सोही भोज सकेर राति आमन्त्रित फर्केने क्रममा गोलि चलाएको आरोप लागेको हाे ।
नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।
प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई दिएका छन् । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले भने पटका पट्काएको जवाफ दिए ।
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगको सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो विदाईमा पडका पडकाएको बताए । पडका र हतियार पडकाएको थाहा नपाउने कस्ता खालका जनता हुन् भन्दै प्रश्न समेत गरेका छन् । तर, पटका समेत अवैध हो । पटका अवैध भएकैले सुरक्षा निकायले बरामद गर्ने गरेको छ ।
त्यसमाथि कोही कसैको विदाइमा पटक पडकाउनु गैर कानुनी मानिन्छ ।