युद्धविरामको अवधिभर इरानले होर्मुज जलघाँटी खुला गर्ने भएको छ । इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज जलघाँटी सञ्चालन हुने घोषणा गरेको अलजजिराले जनाएको छ ।
अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजनमा अवरोध नहटाउँदा नाकाबन्दी गरेका थिए । युद्धविरामको अधवधिर होर्मुज जल घाँटीमा कुनै अवरोध नहुने इरानले प्रस्ट पारेको छ ।
गत अप्रिल सातको मध्यरातमा अमेरिका र इरानबीच १५ दिने युद्धविराम घोषणा भएको थियो । पाकिस्तानको मध्यस्थतामा उनीहरूबी युद्धविराम भएको थियो । युद्धविरामको अवधिमा पाकिस्तान, अमेरिका र इरानका त्रिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता समेत भएको थियो । वार्ताले कुनै परिणाम निकाल्न सकेन । उक्त वार्ता असफल भएसँगै इरान र अमेरिकाबीच सहमति कायमका लागि पाकिस्तान पुनस् सक्रिय छ । पाकिस्तानका प्रतिनिधिमण्डल इरान पुगेका छन् ।
दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यसैबीच यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी सार्वजनिक भएको छ । विश्वको कूल आपूर्तिको २० प्रतिशत हिस्सा होर्मुज जल घाँटीबाट हुँदै आएको छ । युद्धका कारण इरानले होर्मुज अवरोध गर्दा विश्वव्यापी रुपमा इन्धनको भाउ आकाशिएको छ ।
एजेन्सी