Connect with us

समसामयिक

युवतीको शंकास्पद मृत्युमा प्रहरीले उजुरी लिन नमानेको आरोप

Published

on

एक विवाहिता युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ । 

बिहे गरेर दिए कि आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेको बताएका छन् । 

पिडित परिवारले शुक्रबार जिल्लाको गरुडामा पत्रकार सम्मेलन गरेर आफ्नी छोरी अल्का ठाकुरको शंकास्पद मृत्यु भएको र प्रहरीले जाहेरी समेत लिन नमानेको बताएका छन् ।  मृतक अल्का ठाकुरका बाबु रौतहटको गढीमाइ नगरपालिका ४ का रामकिशोर ठाकुरले आफ्नी छोरीको मृत्यु नै शंकास्पद भएको र प्रहरीले जाहेरी लिन नमानेर पिडिकसँग मिलेको आरोप लगाएका छन् । 

गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरलाई फोन आयो – छोरी मर्न सक्छ, कस्तो /स्तो गरिरहेकी छ ? 

ठाकुरले २०७६ जेठ ५ मा छोरी अलका ठाकुरको बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छारा संजीव झासित गरेका थिए । हुन त जेठो छोरासित बिहेको कुरो छिनिएको थियो तर बिहेको कुरो छिनिएको भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको तीनै प्रेमीसंग भागेपछि झाका कान्छा छोरासँग अल्तकाको बिवाह भएको थियो । केही दिनमै सबै ठिकठाक पारी बिहे भयो । कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैया खर्च भएको ठाकुरको दाबी छ । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै दुविधा भएन । केही महिनापछि ज्वाईँले गाडी किन्छु भनेपछि साढे तिन लाख रुपैया पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाईँको हातमा थमाएको ठाकुरको भनाइ छ । 

बिहे भएको करिब ६ वर्षमा विवाह दर्ता समेत नगराएको र ज्वाईँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर आजीविका चलाउन थालेकी थिइन् । घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरी अलका ठाकुरको बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाईँलाई ७ लाख रुपैया दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी अलका ठाकुर डिप्रेसनको शिकार पनि बन्न पुगिन् । 

अलकाका भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने, ‘डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सsको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधिसेवन पनि छोडिसक्नु भएको थियो ।’ 

गत बैसाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसियाली मनाइरहेको बेला ज्वाईँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अलका ठाकुर घरको पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको देख्दा उनी बेहोस् भएका थिए । 

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौँमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अलका ठाकुरको भाइ मनमोहन ठाकुरकाको साथमा शव काठमाडौँ पठाएको थियो । 

काठमाडौँमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुरको छ । रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरले भक्कानिदै भने, ‘अस्पतालमा लास बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए ।’  शव माइती पक्षले लान्छु भन्दा उल्टै लाठी चार्ज गको गुनासो गरे । 

झा परिवारले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन, सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार ग¥यो पिडितका बाबु ठाकुरले सुनाए । छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ ।  झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको ठाकुरको परिवारको गुनासो छ ।

“अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको छ” ।  जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.