Connect with us

समसामयिक

रौतहटमा एक वर्षमा ५४९ सवारी दुर्घटना, ३८ को मृत्यु,९०० बढी घाईते

Published

on

सञ्जय मिश्रा 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ। 

गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले न्युज कारखाना लाई बताएका छन्।

९ महिनाको अवधिमा जिल्ला भरीमा भएको ५४९ सवारी दुर्घटनामा ३८ जना मानिसको मृत्यु भएको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा परी ६६ जना मानिस गम्भीर तथा ८३६ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ। 

ट्राफिक प्रहरीले सोही अवधिमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न बिद्यालय, बाटो, सार्वजनिक स्थलमा गरी दुई हजार ३९९ सचेतना मुलक कार्यक्रम आयोजना गरेको जसमा ५३ हजार ९३६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

कम जनशक्तिको बावजूद जिल्लाको मुख्य पूर्व पश्चिम राजमार्गको बागमती, जुडिबेला, चन्द्रनिगाहपुर, गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत डुमरिया, गरुडा, शिवनगर, सुकदेव चौक, बम नहर, गौर र ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाईएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.