Connect with us

राजनीति

२४ दिनपछि हाजिरी जमानीमा छुटे प्रतिनिधिसभा सदस्य एवम् राप्रपा महामन्त्री धवलशमशेर

Published

on

१५ चैत्रमा काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिनमा छुटेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले राणालाई हिजो साँझ हाजिरी जमानीमा छाडेको हो ।

स्वास्थ्य उपचारका लागि राणालाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको भनाइ छ । राणाले गिजाको कयन्सरको उपचार गराईरहेका छन् । फलोअप र थप उपचारका लागि राणालाई हाजिरी जमानीमा छाडिएको हो । उनको परिवारले जमानीमा छाडिदिन निवेदन दिएको थियो ।

स्वास्थ्य रिपोर्टसहितका कागजात हेरेर सरकारी वकिल कार्यालयको सहमतिपछि राणालाई हिरासत मुक्त गरिएको हो । प्रहरीले राणाको बयान लिइसकेको छ । आन्दोलन हिंसात्मक बनाएको आरोपमा राणालाई मुद्दा भने चलाईने छ ।

राणासँगै पक्राउ राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र भने प्रहरी हिरासतमै छन् । उनीहरुविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.