Connect with us

अन्तर्राष्ट्रिय

१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

Published

on

जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् ।

काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् ।

बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मे ७ को रातमा भारतले गरेको ‘अपरेशन सिन्दूर’ पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले भने,  “बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,” अन्तर्राष्ट्रिय आतंकवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न।’ उनले यो भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन्।

५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा रहेका छन । भारतमा धेरै आतंकवादी हमलाको योजनामा ​​संलग्न रहेको उनी माथी आरोप छ।

जसमा मुख्यतया २००१ को भारतको संसदमा हमला, २००८ को मुम्बई हमला, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा हमलालगायतमा उनको सहभागिगता रहेको जनाउँदै आइएको छ।  यी अन्तराष्ट्रिय आतंकवादी पाकिस्तानमा रहेको कुरा ‘ओपन सेक्रेट’ भए पनि इस्लामाबादले बारम्बार उनीबारे कुनै जानकारी नभएको कुरा अस्वीकार गर्दै आएको थियो ।

‘आज राती, मेरो परिवारका दस सदस्यहरू सँगै यो खुशीको साथमा आशिष् पाएका छन  । यसमा पाँच निर्दोष बच्चाहरू, मेरी जेठी बहिनी, उनको आदरणीय पति, मेरो विद्वान भतिजा र उनी पत्नी र मेरो प्यारो विद्वान भाञ्जी, मेरो प्यारो भाइ हुजैफा र उनकी आमा, दुई अन्य प्रिय साथीहरूले सहादात प्राप्त गरेका छन्, उनीहरूलाइ अल्लाहले बोलाउनु भएको छ,’ उनले भने ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.