Connect with us

समसामयिक

आज बुद्ध पुर्णिमा, सिदार्थ गौतम हिन्दू र बौद्ध दुवैका पुज्य

Published

on

आज बुद्ध पुर्णिमा ।

विश्वका शान्ति दुत गौतमबुद्धको २५६९ औं जन्मदिन नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको थियो ।  यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको हो । 

गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्दै उनलाई भगवानको दुत मान्नेहरू करोडौंमा छन् । 

उनी महाआत्मा र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको पनि बताउँछन् । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनले नुहाएका पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । अलौकिक जन्म भएका भनिएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

उनले पछि भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनले अहिंसा र शान्तिको पक्षमा विश्वलाई सन्देश दिएका थिए । जसका कारण उनलाइ करोडौं मान्छेले भगवानको रूपमा पुजा अर्चना र सम्मान गरिरहेका हुन्छन् ।

बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहको मुल पुस्तकलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ भने  त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत रहेको छ । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।

गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् भने गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ । आज पनि देशमा सार्बजनिक बिदा रहेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.