Connect with us

राजनीति

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

Published

on

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाईएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.