Connect with us

राजनीति

एमाले सचिवालयबाट ओलीको प्रतिवेदन पारित, सरकार गठन पछिको समीक्षा मुख्य विषय

Published

on

नेकपा (एमाले) को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकवाट पारित भएको हो ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको छ । उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

ओलीले केन्द्रिय समितिमा पेश गर्न लागेको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको ज्ञवालीले जानकारी दिए । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा समावेश गरेर केन्द्रिय समिति बैठकमा पेश गरिनेछ ।

र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्ने उल्लेख भएको अध्यक्ष ओलीको प्रतिबेदन माथी केन्द्रिय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.