Connect with us

समसामयिक

ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु

Published

on

रौतहटको चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी थप दुई जना घाइतेसमेत भएका छन् । 

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.