Connect with us

समसामयिक

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

Published

on

मोरङ कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।

प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा  उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनबिक्रम दाहालले जानकारी दिए । बेलबारी नगरपालिका– ४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए ।

दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.