Connect with us

अन्तर्राष्ट्रिय

चिनियाँ विदेश मन्त्रीले भने, ‘चीनले इरानको समर्थन गर्छ’

Published

on

चीनले इरानलाई समर्थन गर्ने भएको छ । इरानमाथि इजरायली हमला पछि भएको पहिलो वार्तामा चीनले सो प्रतिवद्धता जनाएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन वार्तामा सो प्रतिवद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ ।’

विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरेर स्थितिको जानकारी लिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । सो पत्रिकाका अनुसार इरानमाथि इजरायलले आक्रमण गरेपछि चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट गरेको वाङले बताएका छन । 

चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै इजरायलको स्पष्ट निन्दासमेत गरेको छ। 

वाङले इरानी अधिकारीहरूलाई लक्षित गरी सर्वसाधारणको ज्यान लिने क्रूर आक्रमणको चीन दृढताका साथ विरोध गर्ने र इरानको राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न, आफ्नो वैध अधिकार र हितको रक्षा गर्न र जनताको सुरक्षामा इरानलाई समर्थन गर्ने पनि स्पष्ट पारेको छ।

उता, वाङले इजरायली विदेशमन्त्री गिडोन सारसँगको टेलिफोन बार्तामा इरानमाथि इजरायलको बलियो आक्रमणको विरोध गरेको स्पष्ट पारेका छन । यस वक्तव्यमार्फत चीनले पश्चिम एसियामा बढ्दो तनावबारे आफ्नो कूटनीतिक अडान स्पष्ट गरेको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.