अविरल वर्षा र बाढीले गर्दा कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएका छन् । प्रहरीका अनुसार सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध भएका छन् ।
ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित रातो भिरबाट सुक्खा पहिरो खस्दा भट्टेडाँडा हुँदै मकवानपुर जाने कान्ति लोकपथको सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षाले आज बिहान ५ः२० बजे नै ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलामा लेदोसहित आएको बाढीले सिद्धिचरण लोकमार्गलाई पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
सडक विभागसँग समन्वय गरी यी दुवै राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीको भनाइ छ ।