संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान १० बजे बस्नेछ ।
अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२र०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।