Connect with us

अन्तर्राष्ट्रिय

आप्रावासी चढेको डुंगा पल्टिदामा यमनमा ५० बढीको मृत्यु, दर्जनौं बेपत्ता

Published

on

खराब मौसमका कारण करिब १५० यात्रु बोकेको डुङ्गा यमनको तटमा डुब्दा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

यमनको दक्षिणी प्रान्त अब्यानमा सो आप्रावासी चढेको जहाज पल्टिएको थियो, जसवाट १० जनालाई मात्र उद्धार गरिएको थियो । स्थानीय अधिकारीका अनुसार दर्जनौं अझै बेपत्ता रहेका छन । धेरै पीडितहरू इथियोपियाली नागरिक भएको विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले घटनालाई हृदयविदारक भनेको छ। यमन हर्न अफ अफ्रिकाबाट कामको खोजीमा खाडी अरब राज्यहरूमा यात्रा गर्ने आप्रवासीहरूको लागि प्रमुख मार्ग बनेको छ, आईओएमले हालैका महिनाहरूमा जहाज दुर्घटनामा सयौंको मृत्यु वा बेपत्ता भएको अनुमान गरेको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.