Connect with us

राजनीति

लिङदेनविरुद्ध राप्रपामा मोर्चाबन्दी, इत्तर समुहको छुट्टै बैठक

Published

on

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ । अध्यक्ष लिङदेनको मनोमानी बिरूद्द भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र  कुन्तीकुमारी शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक महामन्त्री प्रेम बलायरलगायत पदाधिकारीसमेत सहभागी थिए ।

सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रम बहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी रहेको जनाइएको छ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई क्रमशः पदमुक्त गर्ने क्रम बढे पछि इतर समूह थप असन्तुष्ट रहेको बेला यो बैठक बसेको हो ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.