म्यानमारका कार्यवाहक राष्ट्रपति बनेका मिन्ट स्वेको निधन भएको छ ।
चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी विवादस्पद परिस्थितिमा उनी कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए। ७४ वर्षकाउनका श्रीमती र दुई छोराछोरी छन् ।
उनको मृत्यु बिहिवार भए पनि हालै सेनाले यो जानकारी दिएको हो । म्यानमारको सेनाको सूचना शाखाले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार बिहान राजधानी नेपिताउको सैनिक अस्पतालमा उनको मृत्यु भएको हो।
करिब एक वर्षअघि बिरामी भएको खबर सार्वजनिक भएपछि मिन्ट स्वेले राष्ट्रपतिको कार्यभार सम्हाल्न बन्द गरेका थिए, सेनाको सूचना शाखाबाट छुट्टै विज्ञप्तिमा उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने भनिएको छ तर मिति भने घोषणा गरिएको छैन ।
म्यानमारको आधिकारिक जानकारीका अनुसार उनको अवस्था नाजुक छ र उनी जुलाई २४ देखि नेप्यितावको सैन्य अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका थिए ।
गत वर्ष जुलाईमा मिन्ट स्वे मानसिक विकारबाट पीडित भएको खबर आएको थियो। जसका कारण उनी खाना खाने जस्ता सामान्य दैनिक काम गर्न नसक्ने भएका थिए । केही दिन पछि, उनले आफ्नो चिकित्सा बिदाको क्रममा सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्निङलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।