Connect with us

समसामयिक

राहुघाटको बाँधस्थलमा सुक्खा पहिरो: दुईको मृत्यु, पाँच घाइते

Published

on

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका(४, दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासि खसेको सुक्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताएका छन् । उनका अनुसार प्रहरी टोली बेनीबाट घटनास्थलतर्फ हिँडेको छ । पहिरोमा परेर मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरी निरीक्षक सागर पौडेलको भनाइ छ ।

घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको छ । घाइते भएकाहरूको उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइँदै छ । मृतकको नाम खुले पनि ठेगाना र घाइतेको विवरण भने आउन बाँकी छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.