Connect with us

समसामयिक

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका( ५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । उनलाई नक्कली प्रमाणपत्र बनाउने कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए ।

यादवसँग विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्री बरामद भएको थियो । यादवको बयानका आधारमा कँडेल पक्राउ परेका प्रहरीले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.