Connect with us

राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । केन्द्रीय समिति बैठक सुरु हुनुअगाडि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका एजेन्डामा छलफल हुनेछ ।

मंसिरमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गर्ने र क्रियाशील सदस्यता विवादका विषयमा बैठकमा छलफल हुनेछ । महामन्त्री थापा यो एजेन्डा बिहीबारको बैठकमा राख्न पाउने अवस्था नबनेपछि अनुपस्थित भएका थिए । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर चर्को मतभेद छ । कांग्रेसमा संस्थापन (शेरबहादुर देउवा) पक्षका नेताहरू सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनपछिमात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

संस्थापनइतर समूह मंसिरभित्रै महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् । कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्नेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.