Connect with us

समसामयिक

निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद: उपत्यका छाड्न नपाउने, विदेश भ्रमणमा रोक

Published

on

गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उgलाई गत भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हद लगाइएको उल्लेख ग/]sf] हो । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने ।”

आयोगले यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा -एमाले_ का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.